काठमाडौं, २५ भदौ । नेपालमा आत्महत्याको व्यवहार देखाउने अधिकांशमा डिप्रेसन र दुर्व्यसनीको समस्या देखिएको मनोचिकित्सकहरुले निष्कर्ष निकालेका छन् । नेपालमा आकस्मिक मनोस्वास्थ्य सेवामा आउने प्रति ५ जना बिरामीहरुको समुहमा एक जनामा आत्महत्याको समस्या देखिएको छ । छारे रोग जस्ता अन्य विभिन्न रोगहरूमा पनि धेरै आत्महानी र आत्मदाहको व्यवहार देखाउने गरेको चिकित्सकहरु बताउँछन् । आत्महत्याको व्यवहार देखाउने मानिसहरू मध्ये एक तिहाई भन्दा धेरैमा नशा सेवन र दुर्व्यसनीको लत भएको प्रा. डा. धनरत्न शाक्य बताउँछन् । नेपालको सन्दर्भमा तनाव लगायत विशेषतः कलह, स्वास्थ्य र आर्थिक समस्याले आत्महत्या बढेको एक निश्चित समयमा गरिएको अध्ययनले बताएको पा. डा. शाक्यले बताए । आत्महत्याको व्यवहार देखाउने मानिसहरू मध्ये अधिकांशमा आवेशमा आउने, अस्थिर, मनस्थिति जस्ता समस्याजनक स्वभाव र व्यक्तित्व जन्य प्रवृत्ति लगायतका व्यक्तिहरू हावी भएको डा. बताउँछन् । प्रा. डा. शाक्यको नेतृत्व र संलग्नतामा विभिन्न समयमा नेपाली पृष्ठभूमिमा आत्महत्याको समस्यालाई बुझ्ने दिशामा शोधहरू भएका छन् । उक्त शोधबाट प्राप्त निचोडको आधारमा डा. शाक्यले आफ्नो भनाई राखेका हुन्
Profile
Consultant Neuropsychiatrist : based in Nepal- 1. with inclination towards public health service, academics and research, 2. actively seeking to add to medical literature for professionals and common people (books, journal articles, paper articles and literature), 3. Seeking for advocacy and spreading awareness on mental health and mental illness, 4. With keen interest in neuro-psychiatry, substance addiction and public mental health
- NMC Number - 2969
- Qualification - MBBS, MD
- Speciality - Psychiatry
- Website - https://www.researchgate.net/profile/Dhana_Shakya_Dr2