काठमाडौं, १६ भदौ । वीर अस्पतालमा ३ वर्ष अघि करोडौं मूल्यमा खरिद गरिएको विकिरणको माध्यमबाट क्यान्सर उपचार गरिने रेडियोथेरापी मेसिन हालसम्म पनि जडान हुन सकेको छैन् । अहिले मुलुकभरका दुईवटा सरकारी अस्पतालले मात्र यो सेवा दिएका छन् । जसले गर्दा निजी अस्पतालमा महंगो शुल्क तिरेर बिरामीहरु उपचार गर्न बाध्य छन् । रेडियोथेरापी क्यान्सर रोग उपचार गर्ने एक पद्धति हो । विकिरणको माध्यमबाट क्यान्सरका सेलहरूलाई मार्ने र शरीरमा फैलन नदिन रेडियोथेरापी गरिन्छ । क्यान्सर रोग देखिएको सुरुवाती चरणमा वा फैलिएर अन्तिम चरणमा पुगेको समयमा रेडियोथेरापी उपचारको विकल्प हो । विश्व स्वास्थ्य संगठनका अनुसार १० लाख जनसंख्यामा कम्तिमा पनि १ वटा रेडियोथेरापी मेसिन आवश्यक पर्छ । सो अनुसार नेपालमा ३० वटा मेसिन चाहिने हुन्छ । हाल यो मेसिन सरकारी अस्पताल तर्फ भक्तपुर क्यान्सर अस्पतालमा २, वीपी कोइराला क्यान्सर अस्पताल चितवनमा २ वटा मात्र रहेको छ । निजी तर्फ हरिसिद्धीको नेपाल क्यान्सर अस्पताल, काठमाडौ क्यान्सर केयर सेन्टर र वीएण्डसी क्यान्सर अस्पताल झापामा १र१ वटा मात्र रहेको छ । वीर अस्पतालमा २०७५ सालमा नै ४७ करोड ९० लाख ६० हजारको सी.टी. सिमुलेटर र टोमोथेरापी मेसिन खरिद गरी जडान नै गरिएको छैन । वीरका अकोलोजी विभाग प्रमुख डा.विवेक आर्चायले मेसिन आफूहरूलाई हस्तान्तरण नै नभएका कारण जडान नभएको बताए । वीर अस्पतालमा उपचारमा आउने क्यान्सर रोगीलाई रेडियोथेरापी गर्न अन्यत्र पठाउने गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी गराउने बिरामीको चाप बढ्दो छ । अस्पतालले १ दिनमा तीन चरणमा १ सय माथि बिरामीको रेडियोथेरापी गर्ने गरेको छ । रेडियोथेरापी कम्तीमा पनि १ देखि डेढ महिनासम्म गर्नुपर्ने हुन्छ । जसका लागि निजी अस्पतालमा २ देखि ३ लाख सम्म खर्च हुने गर्छ । यसका लागि भक्तपुर क्यान्सर अस्पतालले नै १ लाख १५ हजार सम्म लिने गरेको छ ।
About Bir Hospital
Bir Hospital is the oldest hospital of Nepal. This hospital was established in 1947 BS, under the name of contemporary Prime Minister Bir Shamsher Jung Bahadur Rana. Today it has a proud history of 125 years and the first hospital of Nepal wherethe practice of modern medicinecommenced.
Currently the hospital consists of 535 beds and it provides medical and surgical treatment to all people.Many people from rural areas come here to get free treatment.The facilities available here are nephrologic services,disaster response,surgery,burn and plastic surgery and dental department.
- Established Date - N/A
- Phone -01-4221988, 01-4221119
- Fax - N/A
- Email - N/A
- Website - http://inams.org.np