Asked by Anonymous User ,26 years
on 19/4/21
नमस्कार डाक्टर । समस्या मेरो साथीको हो । उनको महिनावारी केहि महिना यता समयमा नै भएतापनि ब्लिडिङ्ग भने एकदमै कम भइरहेको छ । महिनावारीको समयमा हुने पेट दुखाइ उस्तै छ तर ब्लिडिङ्ग भने २/३ थोपा जस्तो मात्र जान्छ । यो के कारणले यस्तो भएको होला र यसको समाधानका लागि के गर्न सकिन्छ । कृपया यति बताइदिनु भए आभारी हुनेथिए ।