Asked by Anonymous User ,42 years
on 16/5/21
नमस्कार। म हरिप्रसाद भट्टराई बर्दियादेखि। मेरो एउटा जिज्ञासा :- मेरो उमेर ४० वर्ष र मेरो श्रीमतीको उमेर ३९ वर्ष भयो। हाम्रो १२ वर्षकी एउटी छोरी छिन् । यतिबेला हामीले अर्को सन्तान जन्माउन खोजेका छौँ तर छ महिनायता नियमितरूपमा सम्भोग गर्दा पनि हाम्रो बच्चा रहेको छैन अर्थात महिनावारी रुक्दैन। के अब हामीले बच्चा जन्माउन सक्दैनौँ? सहयोगको अपेक्षा गरेका छौँ।