Asked by Anonymous User

on 26/6/21

म 24 बर्षको भए र मेरो undescended testicle छ ।सानोमा Dr ले केही हुदैन भनेकोले गर्दा खासै चासो भएन तर अहिले त्यो ठाउँ सुन्निएजस्तो लागेर check गर्दा inguinal hernia भएछ ।अब operation गर्दा inguinal hernia को मात्रै हुन्छ कि testicle को पनि र infertility को risk नि high हुन्छ रे ।अब के गरौ त एक त अबिवाहित अर्को दुख दिराछ ।

Replies to question

Post Reply
Dr. Rabindra Tamang

MBBS, MS General Surgery (BPKIHS , Topper) MCh resident (Department of Urology and Kidney Transplant Surgery, TUTH, Kathmandu)), 2 Years of practice

नमस्कार भाइ । १. २४ बर्षको भएछौ । undescended testis को अप्रेशन १ बर्ष हुदा सम्म गरेको उत्तम हो । तेस्पछी गर्दा अन्डकोषले काम गर्न सक्ने क्षमता कम हुँदै जान्छ । तिम्रो केशमा चाहिँ भन्न सकिन्न । तल नझरेको अन्डकोश भन्नाले पेटभित्र हो कि बाहिरै हो? त्यो थाहा हुन जरुरि छ । २. हर्निया छ तेहि साइडको भने हर्नियाको अप्रेशन गर्दा अन्डकोषको कि गर्न पर्छ । ३. एउटा अन्डकोष बिगृदैमा बाझोपना आउदैन । एउटा अन्डकोश बच्चा उत्पादन गर्न काफी छ । ४. दुबै अन्डकोशको अबस्था ठिक नभएमा बाझोपना हुन्छ । धन्यबाद

Answered on 26/6/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters