Dr. Rabindra Tamang
MBBS, MS General Surgery (BPKIHS , Topper) MCh resident (Department of Urology and Kidney Transplant Surgery, TUTH, Kathmandu)), 2 Years of practice
नमस्कार
गर्भवती भएको बेलामा piles हुनसक्छ । तर piles हुनुलाइ नर्मल चाहिँ भनिदैन ।
कब्जियत पाइल्सको मुख्य कारक तत्व हो तेसैले दिशा नरम हुनु पर्यो साथै बल गर्ने , कन्ने नगर्नु होला ।
यदि कब्जियत छैन र पाइल्स गर्बवतिको बेलामा मात्र आएको हो भने पछि ठिक हुन सक्ने चान्स बढी छ ।
पाइल्स सर्जरी को डाक्टर जस्तै मैले हेर्ने हो ।
गर्भवती अवस्थामा औषधिको प्रयोग गर्न हामी चाहन्नौ तेसैले औषधि तपाइलाइ नहेरी तपाइको पाइल्सको ग्रेड ( जुन ४ ग्रेडको हुन्छ) थाहा नपाइ दिन सक्दैनौ ।
अत: तपाइले अहिले ध्यान दिन पर्ने कुरो भनेको दिशा नरम बनाउनु पर्छ जसको लागि प्रशस्त पानी तथा सागसब्जी खान पर्छ ।
समस्या बढी छ भने सर्जन डाक्टरलाइ देखाउनु होला ।
धन्यबाद ।।।