Asked by Rajendra Acharya ,16 years

on 17/6/18

मेरो देब्रे खुट्टाको गोलिगाँठा भन्दा माथि तिर हड्डि भन्दा बाहिर हल्का दुखाई र पछि पोलाई भईरहेको छ । दुई हप्ता अघि अंकोलोजिष्टलाई देखाए क्यान्सर होकि भनेर तर उहाले क्यानेसर हुँदै होईन भनेर न्युरोन १५०० खान दिनु भयो दुखाई ठिक भयो तर अौषधि सकिए पछि अाजकाल फेरि दुख्न थाल्यो उचित सल्लाह चाहन्छु

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । दुखाइसंगै अरु समस्या जस्तै सुन्निने, पहिलेको चोटपटक आदि थियो कि नाइ खुलाउनुभएको भए सजिलो हुन्थ्यो । समस्या ठिक नभएमा एकपटक हाडजोर्नीको डाक्टरलाई देखाएर एक्सरे आदि जाँच गराउनुहोला।

Answered on 18/6/18
Dr. Yagya Raj Pokharel

Emergency Medicine & GP

धेरै राम्रो गर्नु भयो डाक्टर लाई भेटेर! तपाइको समस्या विभिन्न कारण ले हुन सक्छ! उमेर नि खुलाउनु होला! कुनै चोटपटक थियो कि थिएन? अरु तिर यस्तै समस्या छन कि छैनन! फेरि एकपल्ट हाडजोर्नी विशेषज्ञ वा जनरल प्राक्टिसनर लाई भेट्न सल्लाह दिन्छु!

Answered on 17/6/18

Post your Reply

Press Here to type in नेपाली ➤