Asked by Anonymous User

on 24/1/20

वाइयात ! फसाउनु एप बनाएर बसेको रहेछ ।पैसा तिरेर परामर्शको लागि भन्यो दुनियाँ इस्पेसेलिस्ट डाक्टर भनेर प्रोफाइल राख्यो , न भनेको डाक्टर हुनु ? पैसा तिराएर एक चोटि बोल्यो हरायो ? यस्तो पनि हुन्छ ? यदि साँच्चिकै डाक्टर हो भने परामर्श लिन आएको बिरामीलाई समयमा उचित परामर्श दिइहाल्थ्यो नि ? मेरो पैसा मात्र खाएर हरायो भरे कल गर्छु भन्दै .... मान्छेलाई मुर्गा बनाउनु बसेकाहरु

Replies to question

Post Reply

खासमा, मलाई चाहिएको, अर्थोपेडिक सर्जन, स्पानल सर्जरी तथा फिजियो थेरापिष्ट ( स्पेसेलिष्ट) हो । अनलाइन सर्च गर्दा डा. असोक आर बज्राचार्यको प्रोफाइल भेटेँ र वहाँलाई खोज्दा यो एपसम्म पुगेँ , र मैले १ हप्ताको परामर्श पेमेन्ट गरेँ , तर डा. आशिष संपर्कमा आउनु भो ठिकै छ भनेर परामर्श लिन चाहेँ केही ढिलो भए पनि वहाँले कल गर्नु भो , र मेडिकल रिपोेर्टहरु माग्नु भो मैले सबै वहालाई पठाएँ , वहाँले केही जवाफ दिनु भएन , मैले सोधेँ खोइ त डा रिपोर्ट हेर्नू भको ? - म एकछिनमा हेरेर भन्छु , जवाफ दिनु भो ४ दिन भइसक्यो मैले रिपोर्ट पठाएको कुनै जवाफ छैन, कुन समय कुरा गर्न उपयुुक्त होला ? भनेर सोध्दा पनि जवाफै छैन ? चित्त नबुझेको यो हो मेरो । यदी, भरपर्दो र चित्त बुझ्दो ( समयमै ) सेवा परामर्श दिने हो भने यो हजुरहरुको यो "हाम्रो डाक्टर" सेवा एकदमै राम्रो हुने देखिन्छ । किनभने म जस्तै सबै बिरामीहरु हजुरहरुको नजिक हुन्नन् ! प्रविधिको सही सदुपयोग हुने थियो । नेपालमा जस्तो नेपाल बाहिर रहने मान्छे सँधै फुर्सदमा हुँदैन , संपर्कमा आइसकेपछि कुनै निश्चित समय तोकिए राम्रो हुने थियो भन्ने हो मेरो धन्यवाद ।

Answered on 24/1/20

यहाँको विस्तृत विवरण बुझ्दा यहाँले सशुल्क डक्टरसँग परामर्श गरिरहनुभएको छ र डक्टरले उत्तरपनि दिइरहनुभएको देखिन्छ । समस्या ठ्याक्कै के हो भन्नुभए सजिलो हुन्थ्यो । -CEO

Answered on 24/1/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters