Asked by Anonymous User
on 5/2/20
Gyastric ko best solution k hola?
Best solution भनेर एउटा तरिकाले मात्र ग्यास्ट्राइटिस निको हुदैन । यसको कारण पत्ता लगाएर सोहिअनुसार उपचार गर्नुपर्ने हुन्छ । कहिलेकाही पेटमा किटाणुले गर्दा लामो समयसम्म ग्यास्ट्राइटिस हुने हुन्छ । अन्य समस्याहरु नि हुन सक्छ । लामो समयको ग्यास्ट्राइटिसलाइ एकपटक इन्डोस्कोपी गरेर पाइप हालेर के भएको रहेछ हेरेर सोहिअनुसार गर्नुपर्ने आवस्यकता नि हुन सक्छ । त्यसैले एकपटक पेटरोग विशेषज्ञलाई भेटी सोहिअनुसार गर्नुहोला । साथै आफ्नो जीवनयापनमा यी चिजहरु अपनाउनाले ग्यास्ट्राइटिस केही हदसम्म सुधार गर्न सकिन्छ । तौल घटाउने रक्सी, चुरोट आदि सेवन नगर्ने अमिलो, पिरो खानेकुरा सकेसम्म नखाने चिया, कफी पिउन कम गर्ने भोकै खालीपेट नबस्ने एकैचोटि धेरै भन्दा थोरै थोरै धेरैपटक खाने सकेसम्म घोप्टो परेर नसुत्ने, नबस्ने सुत्नु करिब ३ घन्टा अगाडी नै खाना खाने सुत्दा टाउकोलाई तकियाले थोरै माथि उठाउने
Asked by Arun shrestha ,40 years
54 minutes ago
Asked by Bhagwan Adhikari ,33 years
10 hours, 25 minutes ago