Asked by Anonymous User

on 28/2/20

पहिला एउटा गोडाको नसा खुम्चिएको थियो । अहिले अर्को गोडामा पनि समस्या आएको छ । ठाउँ ठाउमा दाग देखिएको छ ।कालो रंगको । गोडा सुन्निएको पनि छ । मनमोहन कार्डियोमा चेक गराएको । भिडियो को लागि सोमबार मात्र पालो आउने रहेछ । हिजो चेक गराए । डक्टरले अहिले चाहिँ एन्टिबायोटिक दिनु भएको ।सिप्रोफोल्क्सासिन । भिडियो पछि मात्र थाहा हुन्छ भन्नू भएको छ बिरामी को उमेर ५८ बर्स हो ।दिउँसो भन्दा राती धेर दुक्छ । कहिले ज्वोरो पनि आउँछ । के नसाको सम्स्याले यस्ता लक्ष्ण देखा पर्छ?

Replies to question

Post Reply

यो सल्लाह पछि मनमोहन काडियोलोजिमा जाँच गराए । फाल्गुन २२ गते । १ महिनाको लागि औसधि प्रयोग गरे पश्चात् पुन आउन सल्लाह दिनु भएको थियो डक्टरले । १ महिना औसधि प्रयोग पछि समस्या धेरै हद सम्म ठिक भयो । लामो समय बस्दा धेरै हिड्दा मात्र समस्या आउँछ । तर पुन चेक गराउन सकिएको छैन । औसधि सकियो थप्न मिल्छ कि मिल्दैन । Baxical -plus चलाएको थियो ।

Answered on 9/5/20

रगतको नशाको समस्या जस्तै varicose vein हुन सक्छ । यकिन चै भिडियो एक्स रे गरेसी होला। सकेसम्म लामो समय नउभिने गर्नुहोला। थप सल्लाह रोग यकिन भएसी सम्बन्धित चिकित्सकबाट लिनुहोला। धन्यवाद

Answered on 1/3/20

देब्रे मा चाहिँ दाग देखिएको छैन ।दाहिने मा मात्र हो ।

Answered on 28/2/20

Post your Reply

Press Here to type in नेपाली ➤