Asked by Anonymous User

on 16/4/20

बाहिर बाट आको होइन,तेस्तो ब्यक्तिको सम्पर्कमा पनि छैन तर १५ दिनदेखि खकार सहितको सामान्य खोकी लागिरहेको छ ।घरमा नै छु ।५ दिनसम्म अर्सिल भन्ने कफ्सिरफ खाए तर कफ गयेको छैन ।सामान्य खोकी आइरहन्छ।ज्वरो आउदैन,अन्य कुनै लक्षण छैन ।तर शंकाले लङ्का जलाउछ भनेझैं भयेको छ।के गरु म ?जचाउनु पर्छ कि ?

Replies to question

Post Reply

नजिकै अस्पताल छ र परिक्षण गराउन मिल्ने छ भने एकपटक गएर बुझ्न सक्नुहुनेछ ! दुविधा लागेमा नेपाल सरकारले बनाएको Hamro Swasthya भन्ने एपमा आफ्नो लक्षण राखेर self assessment पनि गर्न सक्नुहुन्छ ! त्यसको लागि त्यो एप डाउनलोड गर्नुहोला र फारम भर्नुहोला! आवश्यक परेको खण्डमा सरकारी निकायबाट हजुरलाई खबर गर्न सक्छन!

Answered on 17/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Articles related to Viral and Infectious Disease Consultation