Asked by Tejhang limbu ,53 years
on 20/10/20
नमस्कार डाक्टर साप । मेरो दुई छोराहरु छन एउटा १३ बर्स र अर्को ६ बर्सको छन। दुबैलाई १५/२० दिन देखि घुडा देखि तल घाउ खटिरा जस्तो निस्केको छ।घाउ चिलाउछ र कन्याए पछि पानी बग्छ बिस्तारै घाउ बढेको देखिन्छ र साबुनले धुदा पानी निस्कने गर्छ।तेसैले साबुन प्रयोग गरेको छैन। healthpost मा जादा विभिन्न मलम हरु mupirocin ointment, itch Aid, sonadrem ointment र खानलाई capsule amoxycillin दिएको थियो।दल्ने औसधि safadryl र blue ink जस्तो दिएको थियो। आज १० दिन भयो सो औषधिले छोएको पनि छैन। कृपया जानकारी सुझाप पाए आभारी हुने थिए।