Asked by Sagar Sapkota
on 12/12/20
नमस्कार ! म २४ वर्षको भए र हाल म रोजगारीको सिलसीलामा जापानमा छु । काम गर्नुपर्ने ठाॅंउ निक्कै चिसो छ , बिगत (१-२) वर्षदेखी मेरो नाकले कुनै गन्ध / स्वाद थाहा पाॅंउदैन तर कहिलेकाॅंही शारिरीक रुपमा वढी ताप परेमा (जस्तै बढी दौडीएमा ) केहीमात्रामा गन्ध थाहा हुन्छ र प्राय समयमा नाक बुझिरहन्छ । तर नेपाल आएको वेलामा भने यस्तो केही पनी भएन । जापानमा रहीरहॅंदा नाकमा राख्ने (Nose Drop) झोल औषधी राख्दा त्यसले (४-५) घण्टा मात्रै काम गर्छ तर पुर्न पुरानै अवस्था दोहोरिन्छ , यस समस्याको निराकरणको लागी कुन औषधी प्रयोग गर्दा र के-के कूरामा ध्यान दिनु पर्छ होला ?