Asked by Dipak Dhungel

on 26/5/21

मेरो पहिला दाँत किराले खाएको कारण मैले दाँतमा ल्वाङ को तेल लगाउने गर्थें । उक्त ल्वाङ्को तेल एक्दम कडा र निल्न नसक्ने भएको ले गर्दा दाँतमा हालेको ल्वाङको तेल मुख बाट र्‍यालको रुपमा बग्ने गर्थ्यो र त्यही ल्वाङको तेल को कारण ले गर्दा मेरो गालाको बाहिरी छालाको केही भाग बिगृएको छ्। गालाको त्यो अलिकती भाग कालो छ र दारी पनि त्यो ठाउमा छैन । छाला पातलो भएको छ त्यो ठाउमा , र बाहिर बाट हेर्दा गालाको त्यो ठाउमा अलिकती गहिरो देखिन्छ र कालो कालो पोतो जस्तो दाग पनि देखिन्छ। अब त्यो मएरो गालाको मरेको छालाको उपचार गर्न मैले के गर्नु पर्ला? त्यो गालामा दारी नपलाएर अलिकती खाल्डो पर्दा अनुहार नै बाङ्गो र कुरुप देखिएको छ। त्यो छाला लाई अरु छाला को तह सम्म मिलाउन कुन दबाइ लाउदा वा खादा ठिक होला ?? दारी पलाउन र छाला लाई पहिलै को जस्तो बनाउन के कस्तो औसदी वा के के कुरा हरु मैले अपनाउनु पर्ला? यो समस्या बिगत 4 बर्ष देखिको हो।

Replies to question

Post Reply

Dear user, if you would like to book an online consultation, please go through the link below, https://www.hamrodoctor.com/service/dermatology

Answered on 27/5/21
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

एकपटक छालारोग विशेषज्ञसंग सल्लाह गर्नुहोला। यहि एपबाट पनि आफ्नो गालाको फोटोहरु पठाएर छालाको डाक्टरसंग परामर्श लिन सकिन्छ ।

Answered on 27/5/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters