Asked by Anonymous User ,33 years
on 29/7/20
म २९ वर्षको अविवाहित पुरुष हुँ र विगत ४/५ महिना देखि ममा यौन चाहना पहिले भन्दा कम भएको छ(अर्थात् त्यो भन्दा अगाडि दिन को १ पटक नियमित रुपमा हस्तमैथुन गर्थे तर आज भोलि हप्ताको २/३ पटक मात्र हस्तमैथुन गर्ने इच्छा हुन्छ र पहिला हस्तमैथुन गर्दा जुन किसिमको चरम सन्तुष्टि प्राप्त हुन्थ्यो त्यो सन्तुष्टि आजभाेलि हस्तमैथुन गर्दा प्राप्त हुँदैन किन होला??? र १ महिना अगाडि नजिकको यौन रोग विशेषज्ञ देखाउँदा total testosterone serum 442.50 ng/dl र Luteinizing hermone 3.33 mLU/ml आएकाे छ र उहाँले केही आयुर्वेदिक औषधि सिफारिस गर्नुभएको थियो र हाल औषधि सेवन पनि गर्दै छु तर मेरो समस्या जस्ताको त्यस्तै छ। यसको permanent समाधान छ की छैन ॽ र यस्तो समस्याको लागि Allopathic विधि र आयुर्वेदिक विधि मध्ये कुन राम्रो हुन्छ बताइदिनु भए तपाई प्रति आभारी हुनेछु।