Asked by Anonymous User
on 11/10/20
मेरो blood test गर्दा MCH 24.1 pg जुन 27-32 को range मा हुनु पर्ने , MCHC चाहिँ 31.4 g/dl छ । मैले daily clobazam 5 mg र Divalproex 250 mg खाइ रहेको छु पहिला blood test गर्दा Platelets range भन्दा 5 हजार कम थियो। तर अहिले ठिक छ र blood test मा अरु सबै ठिक range मा । म शरीर मा हल्का strange difficulty feel, गर्छु, मुटुको धड्कन कहिले काहीँ एक्कासि बढछ तर मुटु को जाच गराएको ठिक छ, कहिले काहीँ केही समय सम्म स्वास फेर्न अप्ठ्यारो महसुस हुन्छ, । At least 20 second difficult हुने aware condition मा, seizure पनि daily छ, तर EEG test normal छ, seizure को medicine नखादै 6 महिना पहिले VEEG abnormal थियो । मेरो doctor ले सब ठिक छ भनेर Amitriptyline 10 mg दिनु भएको छ तर खाएको छैन। side effects हरुले गर्दा हिजो आजकाल कुनै पनि new added औषधि खान एकदम डर लाग्छ। केही सल्लाह चाहिएको छ। धन्यवाद।