के हो अम्लीय र क्षारीय भोजन? कसरी राख्ने सन्तुलन?   

Article   Dr. HEMRAJ KOIRALA  on Wed, Sep 18 2019 12:36 PM 5464 Views 0 Comments 4 persons recommended

साधारणतः हामी अमिलो स्वादभएको पदार्थलाई अम्ल र टर्रो वा तितो स्वाद भएका पदार्थहरुलाई क्षार भन्छौँ । लिटमस पेपरसँग प्रतिक्रिया गराउँदा अम्लले नीलो लिटमस पेपरलाई रातो र क्षारले रातो लिटमस पेपरलाई निलो बनाई दिन्छ । पानीमा घुल्दा अम्लले हाइड्रोजन आयनहरूमुक्त गरी पानीको उज् घटाउँदछ भने क्षारले हाइड्रोक्साईड आयनहरू मुक्तगरी पानीको उज् बढाउदछ । पानीको उज् लाई तटस्थ मानेर पानीमा भन्दा ज्यादा मुक्त हाइड्रोजन परमाणुहरु भएको घोललाई अम्ल र मुक्त हाइड्रोक्साईड परमाणु धेरै भएको घोललाई क्षार भनिन्छ । पदार्थहरुलाई यसरी अम्लिय र क्षारिय वर्गमा वर्गीकरण गरिरहदा हामीले खाने खानेकुरा पनि अम्लिय र क्षारिय वर्गमा वर्गीकृत हुन्छन् तर खानेकुराहरुको अम्लिय र क्षरीय गुण भोजनको अम्लिय र क्षरीय पन नभएर भोजनको उपपाचन ९ःभतबदयष्किm० पश्चात शरीरमा उत्पन्न हुने मेटाबोलिक ईण्ड प्रोडक्ट को अम्लिय र क्षारिय गुण धर्म हो ।  हामीले खाएको खानेकुरा पाचनपश्चात रगतहुँदै कोष—कोषमा पुग्दछ । कोषमा खानाको (उपपाचन र 
ःभतबदयष्किm  (खानाबाट उर्जा उत्पन्न हुने वा महत्व पूर्ण जैव रसायन बन्ने क्रिया) हुन्छ । यसरी खानाको उपपाचन हुर्दै गर्दा उपपाचन सँगै हामीलाई काम नलाग्ने पदार्थहरुको उत्पादन पनि भईरहेको हुन्छ । यी काम नलाग्ने तत्वहरुको प्रकृति अम्लिय, क्षारिय वा तटस्थ हुन सक्छ । भोजनको उप पाचन पश्चात उत्पादित यि अवशादहरूले शरिरको उज् माप्रत्यक्ष असर पु¥याउँदछ । उपपाचन पश्चात अम्लिय अवशाद उत्पादन गर्ने भोजनलाई अम्लिय भोजन क्षारिय अवशाद उत्पान गर्ने भोजनालाई क्षरीय भोजन र तटस्थ अवशाद उत्पादन गर्ने भोजन लाई तटस्थ भोजन भन्ने गरिन्छ ।  यसरी भोजनको उपपाचनमा उत्पन्न भएका उपपाचयी अवशादहरूले कोष भित्रै रहीरहेको कोषको उज् लाई दखलदिएर कोषको कार्य क्षमतालाई गडवड गरिदिन्छ । खासगरी कोषमा जम्मा भएका अम्लिय अवशादहरु कोषको स्वास्थ्यको लागि अत्यन्त हानीकारक सिद्ध हुनसक्छ । यसैले कोष भित्र अम्लिय अवशाद जम्माहुने वित्तिकै यो अवशादलाई रगतहुदै किड्नी फोक्सो छाला आदि भएर पिसाब, प्रश्वास र पसिनाको माध्यमबाट बाहिर फ्याक्नुपर्ने हुन्छ । यो कार्य गर्नका लागि सर्व प्रथम यी अम्लिय अवशादहरू रगतमा पुग्दछन् र रगतको उज् घटाउन थाल्छ तर शरिरको समस्थिती तन्त्र सक्रिय भएर विभिन्न निष्काशन निकाय मार्फत यी तत्वहरूको बाहिरगमन हुनथाल्छ तर अम्लिय अवशादको मात्रा धेरै छ भने शरिरका अन्यभागमा संरक्षित क्षारिय खनिजहरु सँगक्रिया गरेर शरीरले यी तत्वहरूको बफर गर्दछ ।  
 
 
यरी उपपाचन पश्चात अम्लिय र क्षारिय अवशाद उत्पन्न गर्ने भोजनलाई क्रमशः अम्लकारक र क्षारकारक भोजन भनिन्छ । स्वास्थ्यका दृष्टिकोणले अम्लकारक भोजनको मात्रा ज्यादा हुन वा क्षारकारक भोजनको मात्रा कमहुनु राम्रो होइन । साधारणतः सु–स्वास्थ्य बनाई राख्नका लागि ८० प्रतिसत क्षारिय २० प्रतिसत अम्लिय भोजन हुनु राम्रो हो । हाम्रो शरीरमा अनिवार्य रुपमा चाहिने क्याल्सियम, फोस्फोरस, पोटासियम, सल्फर, सोडियम, क्लोरिन, कपर म्याग्निसियम, आयोडिन म्यागाजीन, आइरन, जिक फ्लोरिन क्रोमियम र कोबालट गरेर १५ प्रकारका क्षार तत्वहरू छन् । रगतमा अम्लता बढ्न लागे तुरुन्त यी क्षारहरुले समस्थिती मा ल्याई हाल्ने गर्दछ ।  
 केके अम्लकारक ? 
१) माछा, मासु, अण्डा जस्ता मांस जन्य खाद्यान्नहरु ।  

२) तारेको भुटेको मसलादार एवं गरिष्ठ भोजनहरु ।  

३) परिस्कृत ९च्भाष्लभम० खाद्यान्नहरु ।  

४) रेसाचोकर एवं अत्यावश्यक तत्वहरू फ्याकिएका खाद्यान्नहरु ।  

५) मैदा र बेशनबाट बनेका खानेकुराहरु ।  

६) सेतो चामल र चामलबाट बनेका खाद्यपदार्थहरु ।  

७) चिनी, मिश्री, चकलेट चास्नीमा बनाएका र मिठाईहरु,  

८) बोतल र बट्टा बद्ध खानेकुराहरु ।  

९) नमकिन, विस्कुट,पाउरोटी,चाउचाउ, समोसा,कचौरी,पकौडी । 

१०) चिया, कफि, हर्लिक्स, वर्नभिटा, हट चक्लेट आदि ।

११) बोक्रा फ्याकेको दाल ।

१२) जाँड, रक्सी, वियर, हुवस्की, ब्राण्डी ताडी आदि मादकपदार्थहरू ।

१३) चुरोट, बिडी, सुर्ती, खैनी, गुल, बज्जर र हुक्का जस्ता सुर्तीजन्य पदार्थहरू।

१४) अतितातो, अतिपिरो, अतिचर्को खानेकुराहरू ।

१५) धेरैबेर पकाएर प्राकृतिक गुणधर्म नष्ट भईसकेका खाद्यान्नहरू ।  
 
क्षारकारक भोजनहरु ः

१) बोक्रा सहितका ताजा फलफुलहरु।

२) हरिया सागपातहरू। 

३) चोकर रेशा र बोक्रायुक्त अन्य भोजन ।

४) फलफुलको रस,जमराको रस एवं अन्य वनस्पतीहरूको रस ।

५) अंकुरित अनाज ।

६) नरिवल पानी ।

७) पानीमा भिजाईएको ड्राई फ्रुट ।

८) मौषमी फलफुल एवं तरकारीहरु ।

९) प्राकृतिक गुण धर्म यथावत राखेर पकाइएको खानाहरु ।  
 
शरिरमा अधिकांश रोगहरुको उत्पत्ति हामीले खाने खानेकुरामा अम्ल र क्षार कारक खाद्यान्नको सहि सन्तुलन हुन नसक्दा हुन्छ । यदियसो भएर रोग उत्पन्न भएको भए खानामा अम्ल र क्षारको सन्तुलन गरेदेखि रोग पुनः ठिक पनि भैहाल्छ । हाम्रो शरिर ८० प्रतिसत क्षारिय र २० प्रतिसत अम्लिय घोलबाट बनेको छ । यो प्राकृतिक ब्यवस्थालाई बनाई राख्नहामीले यहि अनुपातमा अम्लिय र क्षारिय भोजन गर्नु पर्छ ।  

 
क्षारीय भोजनकाफाईदाहरु ः  

१) शरीरमा उपपाचन पश्चात बनेका अम्लिय अवशादहरु हटाउन मद्धत गर्दछ ।

२) शरीलाई निर्मलीकृत गरेर विष रहित बनाउँदछ ।

३) क्षारीय भोजन सुपाच्य हुन्छ । पचाउन सरल भएकाले पाचनका लागि अतिरिक्त उर्जा खर्च हुदैन ।

४) खाने मान्छेलाई उर्जावान बनाउँदछ ।

५) तौल घटाउन सहयोग पु¥याउँदछ ।

६) शारीरिक पिडा र कष्ट घटाउन मद्धत गर्दछ ।

७) प्रेशर, ब्लड ग्लुकोज र ब्लड कोलेस्ट्राल सन्तुलन कायम गराउँदछ ।

८) दाँत र गिजालाई मजबुत बनाई राख्दछ ।

९) प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँदछ ।

१०) चाडै बुढो हुनदिदैन ।  
 

अम्लियभोजनका बेफाइदाहरु ः

१) हड्डीको हड्डी—घनत्व कम गर्दछ ।

२) अम्लपित्त बढाउँदछ ।

३) पथ्थरी बन्ने क्रियालाई बढाउँदछ ।

४) दीर्घकालिन पिडालाई अझै बढाउँदछ ।

५) हर्मोनहरु को स्तर गडबड बनाउँदछ ।

६) समस्थितितन्त्रलाई गडबड बनाईदिन्छ ।  
 
शरीरमाअम्लको मात्रा बढेर जादा शरीरका अं·हरु कमजोर एवं अस्वास्थ्य हुन थाल्दछन् ।अम्लताको कारणले आएको कमजोरीका कारण शरीर, रोगी र असमयमा नै बृद्ध हुदै जान्छ । यसरी शरीरमा अम्लता बढ्न थाले पछि शरीरले रगत, हड्डी वा अन्य तन्तुमा जम्मा भएर बसेको क्षारहरुलाई अम्ल प्रभावित क्षेत्रमा तान्न थाल्दछ । यसो हुँदा प्रतिरक्षा प्रणाली  कमजोर हुने, हड्डीहरुको घनत्व घट्ने, छालाको कान्ती घट्ने, कपाल फुल्ने जस्ता समस्या देखा पर्दछ।   
कसरी गर्ने सन्तुलित?

हामीले हाम्रो शरीरमा अम्ल र क्षार सन्तुलित राख्न खानको पाच भाग मध्ये चारभाग साग फलफुल सलाद एवं रंकुरित अनाजलाई समावेश गर्नु पर्दछ भने १ भाग मात्र अन्नदाल गेडागुडी आदि संलग्नगर्नु पर्दछ । यदि यो अनुपातमा खान सकिदैन भनेपनि ३ भाग क्षारिय भोजन र १ भाग अम्लिय भोजन खानु पर्दछ । खनाद्वारा अम्ल र क्षारको सन्तुलन बनाउनको लागि निम्न लिखितअनुपातमा खाने गरौँ ।  

 
१)२५प्रतिशतमौषमी र क्षेत्रियफल ः खानाको २५ प्रतिशत हिस्सा मौषमअनुसारको फलफुल र क्षेत्रियफलफुलले ओगट्नु पर्दछ । फलफुललै खाए भन्दैमा सो फल ऋतु अनुसारको छैन र स्थानिय हैन भने त्यस्तो फलखानको कुनै अर्थ रहदैन ।  
 
२) २५ प्रतिशत मौषमी र क्षेत्रिय तरकारीः फलफुल जस्तै हामीले खाने खानको २५ प्रतिशत हिस्सा मौषमी र क्षेत्रिय तरकारीहरुले ओगट्नु पर्दछ ।

३) १० प्रतिशत सलादः खानाको १० प्रतिशत हिस्सा काक्रो गाजर, बन्दा, मूला, टमाटर जस्ता सलादले ओगट्नु पर्दछ ।

४) १० प्रतिशतअंकुरितः खानाको १० प्रतिशत हिस्साअंकुरित अनाजवा अमृत भोजनले ओगट्नु पर्दछ ।

५) २० प्रतिशत अन्नः खानाको २० प्रतिशत हिस्सा चामल, मकै, गहुँ, फापर, जौ, कोदो, जुनेलो, 
सामाकागुनी, ज्वार बाजरा जस्ता अन्नले ओगट्नु पर्दछ ।

६) ५ प्रतिशत दालः खानाको ५प्रतिशत हिस्सा, दाल गेडागुडी  लिनुपर्छ ।

७) ५प्रतिशत दुध दहिः  हिस्सा प्राकृतिक रुपमा तयार गरिएका दुध—दहि महि जस्ता दुध जन्य पदार्थले लिनुपर्दछ । दुधदहि महिको सम्भावना नभएको ठाउँमा काजु, पिस्ता, बदाम, मुमफलि, ओखर काचो नरिवल आदिको समावेश गराएको राम्रो हो ।

के गर्न सकिन्छ ?

१) विहानै चिया, कफि, हलिक्स, बोर्न भिटा जस्ता पेयको साटो महपानी, कागतीपानी, फलफुलको सुप आदि पिउने बानीबसालौ ।

२) कोकाकोला, फन्टा, पेप्सिकोला जस्ता सफ्ट ड्रिंकको बदलामा मोही, लस्सी, मह कागतीपानी र 
फलफुलको रस पिउने गरौँ ।

३) माछामासु, अण्डा, पनिर, चिजजस्ता प्राणीबाट प्राप्त प्रोटिनको साटो बनस्पतिबाट प्राप्त प्रोटिनहरु 
लाई आफ्नो खानेकुरामा समावेश गरौँ ।

४) खानामा गुलियो पन ल्याउनु पर्दा चिनी मिश्री सख्खर जस्ता पदार्थ नहालेर मह, खुदो, उखुको रस 
वा चुकुन्दरको रस प्रयोग गर्ने गरौँ ।

५) परिस्कृत खाद्यान्नहरुको साटो  प्राकृतिक खानेकुराहरु नै खाने गरौँ ।

६) सकेसम्म अर्गानिक खानेकुराहरु रोज्ने गरौँ । 

Leave a comment